माघ ६, २०७७
चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि त्यसको प्रत्यक्ष असर तल्लो तहसम्मै पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संदि विघटन गरेपछि नेकपा अनौपचारिक विभाजन भएको हो।
प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद भंग गरेको भन्दै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आन्दोलनमा उत्रिएका छन्। ओलीले असंवैधानिक कदम चालेको भन्दै तल्लो तहसम्म ओली पक्षका नेताहरुलाई कारबाही थालेका छन्।
यही क्रममा जुुगल गाउँपालिका संसदीय दलको नेताबाट अध्यक्ष होमनारायण श्रेष्ठलाई हटाएको छ। श्रेष्ठ प्रधानमन्त्री ओली निकटका हुन्।
संसदीय दलको नेताबाट अध्यक्ष श्रेष्ठलाई हटाएर उपाध्यक्ष सृजना तामाङलाई चयन गरेको छ। साथै उपनेतामा कमल थापा, प्रमुख सचेतकमा दिलकुमार लामा र सचेतकमा जङ्ग तामाङलाई चयन गरेको छ।
प्रतिक्रिया दिनुहोस