माघ ४, २०७७
चाैतारा: १२ बुँदे हेलम्बु घाेषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको १२ औं पुर्ण बैठक पर्यटकिय क्षेेत्र सिन्धुपाल्चाेककाे हेलम्बुमा सम्पन भएकाे छ ।
लामाे अन्तरालपछि बसेकाे महासंघकाे बैठकले २६ औं केन्द्रीय साधारणसभा आगामी फागुन ४ र ५ गते गर्ने निर्णय गरेकाे छ।
प्रेस स्वतन्त्रता विरुद्धमा हुने कुनैपनि गतिविधि स्विकार नगर्ने, श्रमजीवी पत्रकारकाे पक्षमा सदैव लागिरने लगाएतका विभिन्न निर्णय गरेकाे महासंघका सतिव राम प्रसाद दाहालले जानकारी दिए।
महासंघले यसअघि फागुन ३ गते निर्वाचन गर्ने निर्णय गरेको भएपनि समय अभाव र राष्ट्रिय राजनीतिले पारेको प्रभावका कारण साधारणसभा मात्रै गर्ने र त्यसपछि मात्रै निर्वाचनको टुङ्गो लगाईने भएको हो ।
बैठकमा पत्रकार महासंघको नयाँ वेबसाइट समेत सार्वजनिक गरिएको छ । देशभरका पत्रकारको तथ्यांक राख्ने, विभिन्न विषयमा उजुरी तथा गुनासो समेत गर्न मिल्ने गरि नयाँ वेभसाइट निर्माण गरिएको पत्रकार महासंघका अध्यक्ष्य गोविन्द आचार्यले बताए ।
हेलम्बु गाउँपालिकाकाे आर्थिक सहयाेग र सिन्धुपाल्चोक शाखाकाे समन्वयमा सम्पन्न बैठककाे पुर्व सन्ध्यामा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वागत गर्नुकाे साथै पालिकाकाे विभिन्न गतिविधि बारे सुनाएका थिए।
देशभरबाट जम्मा भएका पत्रकारहरुलाइ हेल्माे नाच मार्फत स्थानीय कलाकारहरुले मनाेरञ्जन दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस