२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेकपा प्रचण्ड-माधव पक्ष भेलाको निष्कर्ष : ओली भारतको कठपुतली !

  • २०७७ माघ ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • माघ ४, २०७७

    चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपाको चौतारा साँगाचोकगढी नगरपालिका ५ का अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
    नेकपा सिन्धुपाल्चोकका इन्चार्ज एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा देशबन्धुको प्रमुख आथित्यतामा भएको भेला सम्पन्न भएको हो ।

    भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधानिक कू, पार्टी जीवनमा आइपरेको विभाजन, अब हुने राजनीतिको परिदृश्यका बारेमा जानकारी गराएका छन्।

    ‘नेपाली जनताले बर्षौ लगाएर प्राप्त गरेको तमाम उपलब्धिहरुलाई एउटा ब्यक्तिको क्षणिक आवेगले भष्मभूत पार्न खोजिएको छ’ उनले भने, ‘पार्टीभित्र बैचारिक, राजनीतिक बहस हुनु स्वाभाविक भएको हो। तर त्यो स्वाभाविकताको पक्षसंग पौठेजोरी खेल्न नसकेर संसद नै भंग गर्न खोज्नु असंवैधानिक कदम हो।’

    उनले प्रधानमन्त्री ओली भारतको कठपुतली भएको आरोप लगाए। देशमा अस्थिरता मच्चाउन प्रधानमन्त्रीलाई परिचालन गरेको बताए । यसका विरोधमा सिङ्गो देश एकढिक्का भएर लाग्नुपर्ने बताए ।

    नेकपा सिन्धुपाल्चोकका नेता सुभाष कर्माचार्यले केही व्यक्तिहरुको लहडले नेकपा टुक्रन नसक्ने जिकिर गरे। उनले चौतारा साँगाचोकगढी नगरपालिका भित्र मात्र होइन, सिन्धुपाल्चोक जिल्लासंगै सिङ्गो मूलुकमा नै नेकपा अझै एक ढिक्का भएको दाबी गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस