२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सफल बन्नका लागि यी ५ मन्त्र याद गर्नुस्

  • २०७७ माघ ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • माघ ३, २०७७
    एजेन्सी : हरेक व्यक्ति जीवनमा सफलता हासिल गर्न चाहन्छ । हरेक व्यक्तिका लागि सफलताको मानक फरक हुन्छ । कोही धेरै धन कमाउन चाहन्छ, त कोही ठूला पद वा मान–सम्मान चाहन्छ । तर, धेरैजसो सफल व्यक्तिका स्वभाव र धेरै कुराहरु मिल्दोजुल्दो हुन्छन् । ठूलो मेहिनत, लगन र आत्मविश्वासले नै सफलता प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्छ । सफल हुनका लागि तपाईले कस्ता बानी बसाल्नुपर्छ । पढ्नुहोस् –

    १. ठूलो सोच – सफलता प्राप्तिका लागि सधैं ठूलो सोच राख्न जरुरी छ । ठूला विचार राख्नेहरु चाडैं सफल हुन्छन् । भन्छिन् नि, ठूलो लक्ष्य तय गर्नभन्दा धेरै खतरा साना लक्ष्य प्राप्त गर्नमा हुन्छ । जब लक्ष्य नै सानो हुन्छ, तब हाम्रा कोसिस पनि सानै हुन्छन् । त्यसैले,  लक्ष्य सधैं ठूलो राख्नुपर्छ । 

    २. जे राम्रो लाग्छ, त्यही गर्नुस् – संसारभा धेरैजसो मानिसहरु जीविका चलाउनका लागि त्यही काम गर्छन्, जो उनीहरुलाई मन परिरहेको हुँदैन । तर, सफलता हासिल गर्नका लागि तपाईले आफुलाई राम्रो लाग्ने काम गर्न जरुरी छ । त्यसैले सबैभन्दा पहिले आफुलाई मनपर्ने काम खोज्नुस् र त्यस दिशामा सफलता पाउनका लागि मेहिनत गर्नुस् । 

    ३. नयाँ विचार अपनाउनुस् – मानिसहरु नयाँ विचार अपनाउनका लागि डराउँछन् । सफलताको बाटोमा यही नै सबैभन्दा ठूलो बाधक बन्छ । मानिसले सधैं नयाँ विचारहरु अपनाएर अघि बढ्नुपर्छ । भनिन्छ, नयाँ विचारले सधैं सफलताको बाटोलाई सहज बनाइदिन्छ । ती, मानिसहरु नै सफल हुन्छन्, जसले अलग तरिकाका काम गरेका हुन्छन् ।

    ४. आफ्नो क्षमतामा भरोस राख्नुस् – सफलता पाउनका लागि मानिसले सधैं आफ्नो क्षमतामा भरोसा राख्नुपर्छ । जसलाई आफ्नो क्षमतामा भरोसा छैन, उसले सफलता हासिल गर्न सक्दैन पनि भनिन्छ । त्यसैले आफ्नो क्षमतामा सधैं विश्वास राख्नुपर्छ । 

    ५. कडा मेहिनत – सफलताको बाटो कहिल्यै सहज हुँदैन । त्यसैले मानिसले सफल हुनका लागि कडा मेहिनतसँग डराउन हुँदैन । मेहिनत गर्नबाट भाग्ने मानिस सफल हुन सक्दैन पनि भनिन्छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस