माघ २, २०७७
चौतारा : पञ्चायती शासकले २०४० सालको माघे संक्रान्तिका दिन सिन्धुपाल्चकको पिस्करका सर्वसाधारणमाथि हिंश्रक दमन गरे। स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा आक्रमण भयो।
पञ्चायती शासकको गोलीद्वारा स्थानीय इले थामी र वीरबहादुर थामीको ज्यान गयो। जगतबहादुर बोहरा, पाल्कामाया थामी, सोनाम तामाङ गम्भीर घाइते भए। पिस्कर हत्याकाण्डका क्रममा अन्य पाँचजना पनि पछि ज्यान गयो।
पिस्करका थामी समुदायको अहिलेसम्म पनि अवस्था फेरिन सकेको छैन। काण्डमा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायत दर्जनौंले जेल सजाय भोगे। सयौँ जनतामाथि झुटा मुद्दा लगाएर वर्षौंसम्म दुःख दिइयो।
यस्तै प्रकृतिको २०३६ सालमा भएको धनकुटा हत्याकाण्डमा मारिएकालाई सरकारले शहीद घोषणा गरेको छ। तर, पिस्कर हत्याकाण्डमा मारिएकालाई शहीद घोषणा गर्न सकेको छैन।
वषौँदेखि पिस्कर हत्याकाण्डका पीडितले सरकारसमक्ष हत्याकाण्डमा मारिएकालाई शहीद घोषणा गर्न माग गरिरहेका छन्। जुन माग अहिलेसम्म पनि पूरा हुन सकेको छैन।
पञ्चायती व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धा सिन्धुपाल्चोको पिस्करमा मारिएको ठीक आज ३७ वर्ष पूरा भएको छ। पञ्चायती शासकविरुद्ध संघर्षको बिगूल फुकेका पिस्करबासीविरुद्ध प्रहरीले दमन गर्दा मारिएकाको प्रत्येक वर्ष माघ १ गते सम्झने गरिन्छ।
पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन तत्कालीन नेकपा (माले) ले आफ्नो गतिविधिलाई पिस्करमा केन्द्रित गरेका बेला २०४० साल माघ १ गते बिहान प्रहरीले गरेको दमनका क्रममा दुईजना पिस्करबासी थामी युवाले ज्यान गुमाएका थिए। पिस्कर हत्याकाण्डमा मारिएका इली थामी र वीरबहादुर थामीलाई सरकारले अझै शहीद घोषणा गर्न सकेको छैन।
पञ्चायती व्यवस्थापछि माओवादीले १० वर्षे जनयुद्धमा होमियो। माओवादी ३०६३ सालमा शान्ति प्रक्रियामा आयो। लामो समयपछि अहिले नेपालमा २०७१ सालमा नेपालको संविधान जारी भयो। संविधान जारी भएपछि मुलुक नयाँ दिशामा लम्किँदै छ। इली र वीरबहादुरजस्ता हजारौंले माओवादी युद्धमा ज्यान गुमाए।
पछिल्लो चरणमा माओवादी युद्धदेखि मधेस आन्दोलनमा ज्यान गुमाएकाहरूलाई समेत शहीद घोषणा गर्दा पिस्कर हत्या काण्डलाई ओझेलमा पारियो।
पिस्कर हत्याकाण्डका प्रमुख योजनाकार राप्रपा प्रजातान्त्रिक हालका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणा ‘जबरा’ भएको चर्चा चलेको थियो।
तर, उनैलाई सिन्धुपाल्चोकको पटकपटक सांसद बनाएको छ। अहिले भने उनी सांसद बन्नबाट चुके।, त्यही हत्याकाण्डमा प्रहरी दमनपछि पक्राउ परेका अरूण नेपाल अहिले बागमती प्रदेशको पर्यटनमन्त्री बनेका छन्। सरेश नेपाल प्रदेश सांसद बनेका छन्। तर, पिस्करवासीको अवस्था भनै अझै फेरिन सकेको छैन।
कसरी भएको थियो घटना?
पिस्कर हत्याकाण्ड पञ्चायतकालीन दमनको एक काण्ड हो। यो सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर भएको हो। २०४० साल पुस ३० गते तत्कालीन नेकपा (माले)को राजनीतिक गतिविधिको केन्द्रबिन्दुमा थियो, पिस्कर।
मार्क्सवादी र लेनिनवादी दर्शनद्वारा प्रशिक्षित अगुवाहरूको अग्रसरतामा पिस्करको महादेवस्थानमा लाग्ने संक्रान्ति मेलाको उपयोग गरी जनतालाई संगठित र जागरुक बनाउने अभियानअन्तर्गत सांस्कृतिक कार्यक्रमले पञ्चायती शासकको मुटु थर्काएको थियो।
देवीजंग पाण्डेलगायत स्थानीय सामन्त र निरंकुश पञ्चायती व्यवस्थामाथि धक्का दिएको थियो पिस्करले। तत्कालीन नेकपा (माले) र पिस्करवासीको सशक्तता र जागरणका कारण पञ्चायत र तानाशाही प्रशासन तथा सरकारले आफ्नो बर्चश्वलाई जोगाइराख्न सुनियोजित ढंगले पिस्कर हत्याकाण्डको घटना घटाएका थिए।
संक्रान्ति मानेडाँडामा करिब २ सय जनाको नेपाल प्रहरीहरूको जत्थाले अन्धाधुन्ध गोली चलाएका थिए। वीरबहादुर थामी घटनास्थलमै मारिए भने इले थामीको शव दावीखोलाको किनारमा स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो।
निरंकुश शासकहरूविरुद्ध आन्दोलनको शंखघोष गरेका थामी समुदायका दर्जनौँ स्थानीयलाई दमन गरेर घाइते बनाएको थियो। पिस्कर हत्याकाण्डपछि पञ्चायती शासकले लगातार दमनको श्रृंखला जारी राखेका थिए। पिस्कर हत्याकाण्डमा ज्यान गुमाएका वीरबहादुर थामी र इले थामीको रगत त्यतिकै खेर गएन। त्यहाँबाट सुरु विद्रोह देशभर फैलँदै गएपछि ०४६ को जनआन्दोलको आधार बनेको थियो।
पिस्कर हत्याकाण्डपछि पञ्चायती शासकले लगातार दमनको श्रृंखला जारी राखेका थिए। पिस्कर हत्याकाण्डमा ज्यान गुमाएका वीरबहादुर थामी र इले थामीको रगत त्यतिकै खेर गएन। त्यहाँबाट सुरु विद्रोह देशभर फैलँदै गएपछि ०४६ को जनआन्दोलको आधार बनेको थियो।
प्रहरीले दमनपछि पल्कमाया थामी, साङडोल्मा थामी, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्षमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा, छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल र गोपाल थपलियालाई गिरफ्तार गरेको थियो। प्रहरीले गिरफ्तारीमा परेकाहरूलाई काठमाडौं, चौतारा, वीरगन्ज र भैरहवालगायतका जेलमा हालेका थिए।
कस्तो छ अवस्था?
पिस्करका आदिवासी जनजाति र अन्य समुदायका बहादुर योद्दाहरुले हिम्मत गरेकाले नै ०४६ सालको राजनीतिक परिवर्तन सम्भव भएको हो।
पिस्करमा शहीदहरूले बगाएको रगत र उनीहरूको सपना पूरा गर्न जनतालाई अधिकार दिलाउन आवश्यक छ। पिस्करबासीले गरेको त्याग र बलिदानीको सम्मान गर्दै सरकारले पिस्करमै सहिद स्मृति पार्क निर्माण गरिदिएको छ।
कुनै बेला विकासका कुनै पनि पूर्वाधार नभएको पिस्करमा अहिले अस्पतालस्तरको स्वास्थ्य संस्था, माध्यमिक विद्यालय, विद्युत्त, सहिद स्मृतिपार्कजस्ता संरचना तयार भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठ बताउँछन्।
तर, पनि पिस्करका थामी समुदायहरुको समस्याको चाङ उस्तै छ। विनाशकारी भूकम्पले ध्वस्त पारेको घर विस्तारै निर्माण भएका छन्। शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, जनचेतना लगाएतको अन्य विकास तथा पुर्वाधारको अभाव छ।
प्रतिक्रिया दिनुहोस