२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

मुसा वर्षको बिदा गर्दै गाई बर्षको स्वागतमा साँस्कृतिक कार्यक्रम

  • २०७७ माघ १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • निर्मल बस्नेत

    माघ १, २०७७

    चौतारा : लि.ल फङ घले समाज सिन्धुपाल्चोकले मुसा वर्षको बिदा गर्दै गाई बर्षको स्वागत गरेकाे छ। चौतारामा विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै गाई बर्षकाे स्वागत गरेकाे हाे।

    माघी पर्व र घले जातीको विशेष दिनको अवसर पारेर घले समाजले पूर्वसांसद सुवास कार्मचार्यको प्रमुख आतिथ्यतामा घले समुदायको बसोवास रहेको हुन्द्रुङमा ल्होसार मनाएका हुन् ।

    ल्होसार तथा साँस्कृतिक कार्यक्रमकाे मैनबत्ती प्रज्वलन गरि पूर्वसांसद तथा कार्यक्रमका बिशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथीहरुले घले जातीहरुलाई अल्पसंख्यकवाट हटाई आदीवासी तथा जनजातीमा सुचिकृत गर्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा समाजको आजीवन तथा साधारण सदस्यहरुलाई खादाद्धारा सम्मान समेत गरिएको थियो ।

    उक्त साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले लोक गीत तथा नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए । साथमा घले समाजले उपस्थित सम्पूर्णलाई माछा, तरुल, गहत र अन्य परिकारहरु सामूहिकरु खुवाई माघीसमेत मनाएका छन्।

    कार्यक्रम लि.ल फङ सिन्धुपाल्चाेकका अध्यक्ष रामबहादुर घलेकाे सभापतित्व र भिमबहादुर घलेकाे उद्घाेषणमा सम्पन्न भएकाे हाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस