माघ १, २०७७
चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वले नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको बताएका छन्। माघे संक्रान्ति माघी पर्वका अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले यस्तो बताएका हुन्।
‘तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको छ ‘ उनले भनेका छन् ‘थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ बर्षका रुपमा मनाउने गर्छन् भने माघे संक्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइन्छ ।’
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका सँस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन् ।
हाम्रा सँस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने उल्लेख गरेका छन्।
कोरोना भाइरस (कोभिड–१९) को महामारी कायम रहेकोले यस बर्षका अरु चाडपर्वहरुमा जस्तै माघे संक्रान्तिरमाघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनुहुन आग्रह समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस