पुष २४, २०७७
चौतारा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि जिल्लामा राजनीतिक सरगर्मी बढेको छ । प्रचण्ड–माधव र ओली समूहबीच एकआपसमा तानातान र आरोप–प्रत्यारोप चुलिएको छ ।
साबिकको नेकपामा सभामुख अग्निप्रसाद सापकोटासहित १० केन्द्रीय नेता थिए । जसमध्ये युवा तथा खेलकुदमन्त्री दावा तामाङ मात्रै ओलीतिर लागेका छन् ।
सभामुख सापकोटासहित केन्द्रीय नेताहरू अमृतकुमार बोहरा, अरुण नेपाल, कृष्णप्रसाद सापकोटा, शेरबहादुर तामाङ, केशव नेपाल, माधव सापकोटा, युवराज दुलाल र रामप्रसाद सापकोटा प्रचण्ड–माधव नेकपातिर क्रियाशील छन् ।
ओलीतिर थपिएका नयाँ केन्द्रीय सदस्यहरू प्रदेश सांसद सरेश नेपाल र हस्त पण्डित प्रदेशस्तरका नेता हुन् भने होमनारायण श्रेष्ठ र डोल्मा तामाङ जिल्लास्तरका नेता हुन् । जिल्ला, पालिका र वडास्तरसम्म रहेका जनप्रतिनिधि र पार्टी कमिटीका झन्डै ९० प्रतिशत नेता–कार्यकर्ता प्रचण्ड–माधवतिर देखिएका छन् ।
जिल्ला कमिटीमा रहेका एक सय ४५ सदस्यमध्ये गत हप्ता सम्पन्न प्रचण्ड–माधव पक्षको तेस्रो बैठकमा अध्यक्ष झम्क नेपालसहित एक सय २० सदस्य उपस्थित थिए । १२ स्थानीय तहमा नौ नेकपाबाट जितेका जनप्रतिनिधि छन् ।
जसमा ओली नेकपामा जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तान मात्रै छन् ।
भोटेकोसी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष राजकुमार पौडेल, दाबुटी लामा, बाह्रबिसे नगरपालिका मेयर–उपमेयर निम्फुञ्जो शेर्पा, सुशीला पाख्रिन, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष भूपेन्द्र श्रेष्ठ, दुर्गा नेपाल, लिसंखुपाखरका अध्यक्ष कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष केदार क्षेत्री, कमला श्रेष्ठ, जुगलकी उपाध्यक्ष सिर्जना तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका मेयर–उपमेयर अमानसिंह तामाङ, जानुका पराजुली, मेलम्ची नगरपालिका मेयर–उपमेयर डम्बरबहादुर अर्याल, भगवती नेपाल र पाँचपोखरी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष टासी लामा र सुनिता अधिकारी प्रचण्ड–माधव नेकपामा छन् ।
एक सय तीन वडामध्ये ६५ प्रचण्ड–नेपाल समूह नेकपाको साथमा छ । जसमा चार वडाध्यक्ष मात्रै ओली समूहतिर छन् । १२ गाउँपालिकामा रहेको पार्टी कमिटीमा इन्चार्ज–सहइन्चार्ज र अध्यक्ष–सचिव पनि ९० प्रतिशत प्रचण्ड–माधवतिर छन् ।
बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका पार्टी कमिटीका अध्यक्षद्वय डम्बर थापा र चन्द्र धिमालकोटी ओली समूहको नेकपातिर लागेका छन् ।
भोटेकोसी, बाह्रबिसे, लिसंखुपाखर, सुनकोसी, जुगल, इन्द्रावती, मेलम्ची, हेलम्बु र पाँचपोखरी पार्टी कमिटीका अध्यक्षहरू क्रमशः आङछिरी शेर्पा, ज्ञानेन्द्र राउत, सूर्य लामा, प्रेमलाल लामा, पदम श्रेष्ठ, नुनबहादुर सापकोटा, डम्बर अर्याल, अर्जुन भण्डारी र शिशिर वाइबा प्रचण्ड–नेपाल नेकपामा छन् ।
ओलीपक्षीय पुराना नेताहरू सोम सापकोटा, ज्ञानेन्द्र राउत, सूर्य लामा र टपेन्द्र तिमल्सिना प्रधानमन्त्रीको कदम गलत भएको भन्दै प्रचण्ड–माधव नेकपामा खुलेका छन् ।
प्रतिक्रिया दिनुहोस