पुष १९, २०७७
चौतारा : जुगल गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। वडासचिवको मृत्यु भएपछि सिंगो गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो।
वडा नम्बर ४ पाङताङका वडासचिव चन्द्रविक्रम सिलवालको शनिबार असामहिक निधन भएपछि गाउँपालिकाले दुख व्यक्त गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
शनिबार एक शोक वक्तव्य जारी गर्दै गाउँपालिकाले एक कर्मठ र मेहनेति व्यक्ति गुमाउँदा गाउँपालिका मर्माहत भएको समेत उल्लेख गरेको छ ।
वडा सचिव सिलवालको शुक्रबार काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस