२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

‘ओलीको कदमले संविधान र प्राप्त उपलब्धिमाथि नै हमला भयो’

  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ४ साल अघि
  • पुष १३, २०७७

    चौतारा : नेपाल कम्युनिस्ट पार्टी नेकपाको सिन्धुपाल्चोकको बैठक बसेको छ। पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको बिषयमा छलफल गर्नका लागि बैठक बसेको हो।

    प्रधानमन्त्री ओलीले चालेको कदमले प्राप्त उपलब्धिलाई समेत जोखिममा पारेको बैठकले निष्कर्ष निकालेको छ। नेपालको संविधानमाथि नै हमला भएकाले बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आपत्ती समेत जनाएको छ।

    बैठकपछि नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले एक विज्ञप्ती जारी गर्दै असंवैधानिक कदमप्रति प्रतिरोध गर्दै उपलब्धिको रक्षाका लागि केन्द्रीय कमिटीबाट घोषणा भएको सबै कार्यक्रममा सहभागीता जनाउनका लागि पार्टी कमिटीका सदस्य र आम जनतालाई समेत आग्रह गरेका छन्।

    मंगलबार काठमाडौँमा हुन लागको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको वृहत्त विरोध प्रशर्दन कार्यक्रममा सहभागीता जनाउनका लागि आग्रह गरेका छन्।

    बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज केष्णप्रसाद सापकोटा, केन्द्रीय सदस्य अरुण नेपाल, युवराज दुलाल, माधव सापकोटा, शेरबहादुर तामाङ, बागमती प्रदेश सचिवालय सदस्य झम्क नेपाल, सुभाष कर्माचार्य र सरल सहयात्री पौडेल सहभागी थिए।

    यस्तै, बैठकमा जिल्ला कार्यालय सदस्य केदार क्षेत्री, अमृता नेपाल, अमानसिंङ तामाङ, कमल नेपाल, निमफुञ्जो शेपा, डम्बर अर्याललगायतका नेताहरुको सहभागीता थियो।

    सिन्धुपाल्चोकमा प्रचण्ड-माधव पक्षकै बहुतम छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस