२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

युवा तथा खेलकुद मन्त्री तामाङले गरे पदभार ग्रहण

  • २०७७ पौष १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • पुस १२, २०७७
    चाैतारा : नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले पदकाे पदभार ग्रहण गरेका छन् । पछिल्लो विकसित राजनितिक घटनाक्रमसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त गरेका थिए।

    उनलेे पदभार ग्रहण गरे पछि युवा तथा खेलकुद मन्त्री लामाले खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    नयाँ मन्त्री मण्डलमा सिन्धुपाल्चोकबाट नेकपा केन्द्रीय सदस्य समेत रहेका नेता दावा तामाङले युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी पाएका थिए।

    माओवादी भित्रकाे अन्तरसंघर्ष देखिनै रामबहादुर थापालाई साथ दिदै आएका मन्त्री तामाङ गृहमन्त्री थापाका विश्वास पात्रकाे रुपमा चिनिन्छन् ।

    ०६४ काे पहिलाे संविधान सभाकाे निर्वाचनमा ३० बर्ष सम्मन एकछत्र राज गर्दै आएका राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई निर्वाचनमा पराजित गर्न सफल तामाङ राजनितिक रुपमाभने पार्टी भित्रै पेलिदै आएका थिए ।

    पार्टी अन्तरसंघर्षमा खराे रुपमा उत्रदै आएका तामाङ कार्यकर्ता र जनस्तरमा सालिन नेताकाे चिनिन्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस