२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

सिन्धुपाल्चोकमा ओली समूहको स्थानीय सरकार प्रमुख एक मात्रै

  • २०७७ पौष १२, आईतबार मा प्रकाशित ४ साल अघि
  • पुष १२, २०७७

    चौतारा : नेपाल कम्यूनिस्ट पाटी नेकपा अनौपचारिक रुपमा विभाजन भइसकेको छ। यद्यपी, दुवै पक्षले आफ्नो आधिकारिता दाबी गरिरहेपनि टुंगो लाग्न सकेको छैन।

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादको कारणले विभाजित बनेको नेकपाको तल्लो तहसम्म कित्ताकाट सुरु भइसकेको छ। विवाद अध्यक्ष दाहालसँग बरिष्ठ नेता नेपालले पनि सहकार्य गरेका छन्।

    दुवै पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै तल्ला तहमा बैठक र भेला चलाइरहेका छन्।

    तल्लो तहमा कित्ताकाट हुँदा सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये प्रधानमन्त्री ओली समूहको एउटा मात्रै स्थानीय तह रहेको छ। १२ मध्ये नेकपाले ९ वटा स्थानीय तहमा जितेको थियो। तर, ओली समूहको जुगल गाउँपालिका मात्रै रहेको छ।

    जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठ मात्रै नेकपाको ओली समूहका हुन। अन्य आठ स्थानीय तहका प्रमुखहरु भने प्रचण्ड–माधव समूहकै नेकपामा छन् ।

    मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, चौतारा साँगाचोकगढी नगरपालिका अमान सिं तामाङ, बाह्रविसे नगरपालिका निमफुञ्जो शेर्पा, बलेफी गाउँपालिका केदार क्षेत्री अध्यक्ष प्रचण्ड पक्षका हुन्।

    यस्तै, लिसंखुपाखर गाउँपालिका कमल नेपाल, पाँचपोखरी थाङपाल गाउँपालिका टासी लामा, त्रिपुरासुन्दरी गाउँपालिका भुपेन्द्र श्रेष्ठ र भोटेकोशी गाउँपालिका राजकुमार पौडेल पनि अध्यक्ष दाहाल निकटकै हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस