पुष १२, २०७७
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पुनः ज्योतिषीको चर्चा सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई ६ पटक देशको प्रधानमन्त्री हुन्छ भन्ने बिषयले ज्योतिषीको चर्चा हुन थालेको छ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनेका थिए।
शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए ।
कार्कीले त्यसको भन्दा देउवा मख्ख मात्रै थिएनन्, उनले बोलेर सकिनासाथ कार्कीको भनाइको जवाफ पनि दिइहाले । ‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ,’ देउवाको प्रतिक्रिया उद्धृत गर्दै केन्द्रीय कार्यसमितिका एक सदस्ये भने, ‘हाम्रा सभापतिजीलाई प्रधानमन्त्री बन्न कति आशक्ति छ भन्ने कुरा शुक्रबारकै बैठकमा पनि देखाउनुभयो । ज्योतिषीले भनेजस्तौ परिस्थिति पनि उहाँकै वरिपरि आइरहेको छ ।’
सत्ताका लागि जस्तो पनि जोखिम मौल्न सक्ने छवि बनाएका देउवाले प्रतिनिधिसभा विघटनको घटनालाई पनि आफ्नो लाभहानिसँग तुलना गर्न थालेको भनेर यतिबेला पार्टीभित्र चर्को आलोचना भइरहेको छ । तर जति आलोचना भए पनि उनी आफ्नो अडानबाट हल्लिएका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले नेकपा अनौपचारिक विभाजनको भइसक्यो। प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरिसकेका छन्। तर, प्रचण्ड पक्ष प्रधानमन्त्रीको असंवैधानिक कदम भएको भन्दै संसद पुनस्थापनाको पक्षमा सर्वोच्च अदालतसम्म पुगिसकेको छ।
नेकपाको विभाजित हुँदा कांग्रेसमा पनि दुई धार देखिएको छ। कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संसद विघटनप्रति विरोध गर्दै सडकमा कडा रुपमा उत्रिनुपर्ने पक्षमा छन्। तर, सभापति देउवा प्रधानमन्त्री विरुद्धमा लाग्न नरम देखिएका छन्।
त्यसो त प्रधानमन्त्री विरुद्ध नरम भइरहेको अवस्थामा फेरि अब आफू प्रधानमन्त्री बन्ने बताइरहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपाको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाएर सत्ता सहकार्यको प्रस्ताव गरेका थिए।
प्रतिक्रिया दिनुहोस