पुष १०, २०७७ चाैतारा : नेकपा सिन्धुपाल्चोकका सचिव दावा तामाङ संघीय सरकारकाे युवा तथा खेलकुद मन्त्रीमा न्युक्त भएकाछन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेता तामाङलाई युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे विवादले नेकपा अनाैपचारिक विभाजन भएपछि दाहाल पक्षका मन्त्रीहरूले राजीनामा दिएकाे थिए। प्रधानमन्त्री ओलीले रिक्त रहेकाे मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका हुन्।
युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त भएका नेता तामाङ गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्। पार्टी विभाजनको क्रममा पुर्वमाओवादीका नेता गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीकाे पक्ष लिएपछि तमाङ पनि ओलि खेमामा देखिएका हुन् ।
ओलीले खेलकुद मन्त्रालयमा नियुक्त गरेका दावा २०७४ को प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ को प्रदेश ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार थिए । पार्टी अन्तर्घातका कारण उनी नेपाली कांग्रेसका निमा लामासँग झिनाे मतान्तरले पराजित भएका थिए ।
तत्कालीन माओवादीमा मोहन वैद्य निकट मानिने उनिले २०६४ को संविधानसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा र पुर्व मन्त्री शेरबहादुर तामाङलाइ पराजित गर्दै विजयी बनेका थिए ।
प्रतिक्रिया दिनुहोस