पुष १०, २०७७
चौतारा : बागतमी प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले मन्त्री पदबाट राजीनामा दिएपछि देश र जनताको सेवामा निरन्तर लाग्ने बताएका छन्। मन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक सञ्जाल फेशबुकमार्फत् मन्त्री दुलालले यस्तो बताएका हुन्।
उनले आफ्नो कार्यकाल भर सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै देश र जनताको पक्षमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
‘आदरणीय मतदाता, सबै सुभेच्छुक मित्र, पार्टी र नेकपा संसदीय दल र प्रदेश सभाप्रति हार्दिक नमन। कार्यकालभरी सहयात्री सबै कर्मचारी मित्र, पत्रकार सबैप्रति आभार’ उनले लेखेका छन् ‘सगौरब देश र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता।’
शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका थिए।
प्रदेशसरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको छ। ४५ जना सांसदको हस्ताक्षरसहिको अविश्वासको प्रस्ताव दर्ता भएको छ।
प्रतिक्रिया दिनुहोस