पुष १०, २०७७
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै उत्पन्न परिस्थितिले सत्तारुढ नेकपामा स्पष्ट दुई पक्षले फरक फरक पार्टीको अभ्यास सुरु गरेका छन् ।
यद्यपी उनीहरु औपचारिक रुपमा टुक्रिसकेका छैनन् ।
केपी ओलीको कदम प्रतिगामी भएको भन्दै प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सडक संघर्ष सुरु गरेको छ ।
हिजो बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलत परिचालन समिटिको कमाण्डर तोकेर २५ सय सदस्य छुट्याइएको छ ।
पहिलो चरणको आन्दोलनको पहिलो दिन आज बिहान ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोजना पार्टीका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सांसदहरुको उपस्थितिमा प्रदर्शन गरिनेछ ।
नेकपाको हिजोको बैठकले यो महिनाभरिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
यस्ता छन् चरणबद्ध आन्दोलनका कार्यक्रम :
१० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सांसदहरू लगायत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने।
दिउँसो २ः०० बजे पत्रकार सम्मेलन।
१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने।
१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने।
पुस १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने।
१४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरुद्ध आन्दोलन।
२० गतेभित्र नगर-गाउँपालिकासम्म बैठक, भेला गर्ने।
२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने।
प्रतिक्रिया दिनुहोस