२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेकपा अनौपचारिक विभाजन : शेरबहादुर तामाङ देखिए ओली खेमामा

  • २०७७ पौष ८, बुधबार मा प्रकाशित ३ साल अघि
  • पुष ८, २०७७
    चौतारा : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक किचलोले नेपाल कम्युनिस्ट पार्टी अनौपचारिक रुपमा विभाजन भएको छ। मंगलबार भएको प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पक्षको केन्द्रीय कमिटीको बैठकपछि नेकपा अनौपचारिक रुपमा विभाजन भएकोे हो।

    नेकपा विवादको क्रममा प्रचण्डलाई बरिष्ठ नेता माधवकुमार नेपालले साथ दिएका थिए। हिजोको बैठकले प्रधानमन्त्री ओलीलाई अनुसाशनको कारवाही गरेर अर्को अध्यक्षमा नेता नेपाललाई ल्याएको छ।

    नेकपा विवादको बाछिटा तल्लो तहसम्मै पुगिसकेको छ। सिन्धुपाल्चोकअध्यक्ष दाहाल नेपाल खेमाको बलियो जिल्लाको रुपमा मानिन्छ। तर, सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २ बाट निर्वाचित शेरबहादुर तामाङ ओली खेमामा लागेका छन्।

    प्रधानमन्त्री ओलीले एकलौटी विस्तार गरेको केन्द्रीय सदस्यको लिस्टमा नेता तामाङ छन्। यद्यपी, उनी यसअघि बरिष्ठ नेता नेपाल पक्षको नेताको रुपमा चिनिन्थ्यो।

    सिन्धुपाल्चोकमा ओली समूहको केन्द्रीय समितिमा पाँच जना मनोनित भएका छन्। नेता तामाङसहित, सरेश नेपाल, होमनारायण श्रेष्ठ, हस्त पण्डित र डोल्मा तामाङलाई मनोनित गरेका छन् । यी सबै पूर्व नेकपा एमाले हुन्।

    शेरबहादुर र डोल्मा यसअघि माधव कुमार नेपालसँग नजिक थिए । होमनारायण, सरेश र हस्त पण्डित ओली निकटका रुपमा चिनिन्थ्थे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस