२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

संसद् विघटन भएसँगै सिन्धुपाल्चोकको सुरक्षा व्यवस्थामा कडाई

  • २०७७ पौष ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • पौष ६, २०७७
    चौतारा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सिन्धुपाल्चोक जिल्लामा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ। संसद विघटनको विरुद्धमा प्रदर्शनको क्रममा हुनसक्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो।

    गृह मन्त्रालयबाट सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पार्न पत्राचार गरेसँगै सिन्धुपाल्चोकको पनि सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए। संसद विघटन भएसँगैं हुन सक्ने अराजक प्रदर्शनीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए।

    गृहको पत्रअनुसार जिल्लामा सुरक्षा समितिको बैठक बसी सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय गरेको हो। प्रधानमन्त्रीले लिएको कदमविरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भइसकेको छ ।

    प्रधानमन्त्री विरुद्धले गरेको संसद् विघटनविरुद्ध सिन्धुपाल्चोकको चौतारामा सत्तारुढ दल नेकपाकै कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । नेकपाको बिद्यार्थी संगठनले प्रतिनिधि सभा बिघटनको बिरोध गरेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस