पुस २, २०७७
चाैतारा ।
बागमती प्रदेश सामाजिक बिकास मन्त्री युवराज दुलालले बिकासकाे निम्ति तीनै तहका सरकारबीच सहकार्य र समन्वय अपरिहार्य रहेकाे बताएका छन्।
शुक्रबार गृह जिल्ला सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका – ८ मा आयाेजित पक्कि पुल शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री दुलालले यस्तो बताएका हुन्।
जनसराेकारका बिषयमा सबै जिम्मेवार हुनुपर्ने बताए। इन्द्रावती गाउँपालिकाकाे ३ र ८ वडा जाेड्ने सिपा खाेलामा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयकाे आर्थिक सहयाेगमा १८ मिटर लामाे पक्कि पुल बन्न लागकाे हाे ।
शान्तिदेवि-मालिकादेवि जे.भि सिन्धुपाल्चोक र पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक बिच आउँदाे असार ९ भित्रमा काम सम्मन गर्ने गरि उक्त निर्माण कार्य सुरु भएकाे हाे । ताेकिएकाे समय भित्र गुणस्तरीय काम गरि पुल हस्तान्तरण गर्न समेत मन्त्री दुलालले ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
मन्त्री दुलाल र इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले संयुक्त रुपमा पुलकाे शिलान्यास गर्दै बिगतमा सामाजिक बिकास मन्त्रालय र इन्द्रावती गाउँपालिका बिच रहेकाे मतभेद समेत अन्त्य भएकाे संदेश दिएका थिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य माधव सापकोटा , जिल्ला अध्यक्ष झम्क नेपाल साेहि वडाका वडाध्यक्ष केदार आचार्य लगाएत वक्ताहरुले आफ्नाे मन्तव्य राखेका थिए । उक्त पुल निर्माण भए पश्चात इन्द्रावती गाउँपालिकाकाे वडा नं ३,६,७,८,९,१०,१२ का नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस