मंसिर २२, २०७७
चौतारा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ६ नयाँ तरकारी बजारमा आइतबार साँझ २ ओटा मोटरसाइकल आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना १२ प ७४२९ र विपरित दिशाबाट आउँदै गरेको प्रदेश २ ०१७ प २७०८ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ६ बजे आपसमा ठोकिएका थिए ।
मृत्यु हुनेमा २७०८ नम्बरको मोटरसाइकलमा पछाडी सवार सिन्धुपाल्चोकको चौतारा ६ का २८ वर्षीय हरिकृष्ण बस्नेत र ७४२९ नम्बरको मोटरसाइकलका चालक काभ्रेकै धुलिखेल नगरपालिका ६ का ३० वर्षीय सत्यमान तामाङ रहेका छन् ।
उनीहरुको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । घाइते ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस