मंसिर २२, २०७७
चौतारा । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको तथ्यांकमा प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको संरक्षणमा एसियाको पहिलो भएको सार्वजनिक भएको छ।
भ्रष्टाचार विरोधी अभियान लिएका प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचार आरोपीको संरक्षण गरेको तथ्यांक बाहिरिएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। तर, सरकारले प्रधानमन्त्री ओलीमाथि लागेको आरोपको खण्डन गरिसकेको छ।
यही बिषयलाई लिएर सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेपाल भ्रष्टाचारमा १ नम्बर भएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्यात्मक रुपमा बधाई दिएका छन्।
आइतबार नेपाल विद्यार्थी संघ क्षेत्र नं १ ले एशियाको सर्बोकृष्ट भ्रष्टाचारको उपाधि जित्न सफल बनाउने कमाउनस्टि प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई हार्दिक बधाई तथा संसारको १ नम्बरको उपाधि प्राप्त गर्न शुभकामना व्यक्त गर्दछौँ लेखिएको व्यानरसहित प्रदर्शन गरेका छन्।
क्षेत्रीय अध्यक्ष हेमन्त श्रेष्ठको नेतृत्वमा बाह्रविसेमा प्रदर्शन भएको हो। भ्रष्टाचार, बलात्कार र हत्या हिंसा मौलाउदै जादा समेत सरकारले प्रोत्साहन गर्ने काम गरेको आरोप विद्यार्थीको छ।
प्रतिक्रिया दिनुहोस