२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

विद्यालय पुनर्निर्माणपछि मर्ज, नयाँ भवन रित्तै !

  • २०७७ मंसिर २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २१, २०७७

    चौतारा । भूकम्पपछि क्षति पुगेका सिन्धुपाल्चोककाका पाँच सय तीन विद्यालय निर्माण पुनर्निमार्णको अन्तिम चरणमा पुगेका छन्। पुननिर्माण सुरु भएका अघिकांले निर्माणका काम सकिसकेको भएपनि केही विद्यालय अन्तिम चरणमा पुगेका हुन्।

    जिल्ला आयोजान कार्यान्वयन एकाइ (शिक्षा)को अनुसार सिन्धुपाल्चोकका ९८ प्रतिशत पुननिर्माण भइसकेको जनाएका छ। विद्यालय भवन निर्माण सम्पन्न हुँदै गर्दा कतिपय विद्यालयहरु विद्यार्थी नभएको भन्दै स्थानी तहले विद्यालय मर्ज गरी सञ्चालन सुरु भएको छ ।

    विद्यालय मर्ज गरेपछि निर्माण भइसकेका कतिपय विद्यालयहरु खाली भएका छन्। जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ अनुसार यो वर्षको शैक्षिक सत्रको सुरुदेखि हालसम्ममा १६ विद्यालय स्थानिय सरकारले मर्ज गरेको जनाएको छ ।

    मेलम्ची नगरपालिकाले सवैभन्दा बढी आठ विद्यालय यसै वर्ष मर्ज गरेको छ । पाँचपोखरी गाउँपालिकाले तीन र चौतारा साँगाचौकगढी नगरपालिकाले पाँच विद्यालय मर्ज गरेका छन् ।

    विनाशकारी भूकम्प ०७२मा जिल्ला भरका पाँच सय तीन विद्यालयमा क्षति पुगेको र पुननिर्माणको क्रम सुरु गरिएको कार्यालयको तथ्याङ्क छ । यो वर्ष १६ र अघिल्लो वर्ष आठ विद्यालय स्थानिय सरकारले मर्ज गरेको छ ।

    मर्ज भई खाली भएका कतिपय विद्यालयको संरक्षणमा बेवास्ता बढेपछि वडा कार्यालयको संरक्षमा प्रयोग गरिने तत्कालिन व्यवस्था सुरु गरिएको मेलम्ची नगर प्रमुख डम्वर अर्यालले वताए ।

    चौतारा साँगाचोकगढी नगरपालिका–४ को सेतीदेवी पञ्चकन्या माविमा गाभिएपछि खाली रहेको जाल्पादेवी आधारभूत विद्यालय भवनमा सेतीदेवीमा सञ्चालित प्राविधिक कक्षा सञ्चालनको तयारी रहेको विद्यालयले जनाएको छ ।

    विद्यालय मर्ज भए पनि बालबिकास केन्द्र र बैकल्पिक कक्षा सञ्चालनमा भवन प्रयोग हुने जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी रमाकान्त अर्यालले बताए ।

    सम्बन्धित समाचार :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस