मंसिर १९, २०७७
चौतारा । सिन्धुपाल्चोकमा घर अगाडि सडकमा व्यापारीक प्रयोजनका लागि बनाइएका टहरा हटाइने भएको छ। बिहिबार सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको अध्यक्षतामा वसेको बैठकले यस्तो निर्णय गरेको हो।
मुख्य बजार क्षेत्र चौतारा, मेलम्ची, बाह्रविसे, खाडीचौरजस्ता तत्काल नियम लागू गर्ने निर्णय गरेको हो। घर अगाडी टहरा निर्माण तथा सामग्री राखेर विक्री गर्दा सर्वसाधारण तथा सवारी आवागमनमा समस्या भएकाले हटाउने निर्णय गरेको हो।
साथै, बजारमा सञ्चालित पसलहरुको अगाडी रहेको सडक पेटीमा राखेर सामग्री विक्री वितरण गर्न समेत नपाइने भएको छ।
निर्णय भएको तीन दिनभित्र यस्ता सडक पेटी अतिक्रमण गरि बनाइएका टहरा र विक्री वितरणका लागि राखिएका सामग्री हटाउनसमेत आग्रह गरिएको छ ।
जिल्लामा रहेका व्यवासाय विना दर्ता सञ्चालन गरिएको भए इजजाजत लिन समेत सम्पूर्णमा अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस