मंसिर १८, २०७७
एजेन्सी । भारतमा यसबेला किसानहरु आन्दोलनको अग्रमोर्चामा लडिरहेका छन् । प्रदर्शनमा ओर्लिएका किसानहरुले नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको हलिया कानुन खारजको माग गरिरहेका छन् ।
उनीहरुले सो कानूनलाई किसान विरोधीको संज्ञा दिइरहेका छन् । सो कानून खारेजको माग गर्दैै अहिले भारत विशेषगरी पञ्जावका हज्जारौं किसानहरुले राजधानी नयाँ दिल्लीको सीमामा प्रदर्शन गरिरहेका छन् ।
एक वृद्धमाथि प्रहरीले लाठी बर्साएको सो दृष्यको अहिले संसारभर आलोचना भैरहेको छ । मोदी सरकारविरुद्ध त्यहाँको प्रतिपक्षी दल लगायतका राजनीतिक पार्टीहरुले सरकारको चर्को आलोचना गरिरहेका छन् ।
उक्त तस्बिर समाचार एजेन्सी पिटीआईका रवि चौधरीले खिचेका हुन् ।
प्रतिक्रिया दिनुहोस