मंसिर १३, २०७७
गलत खानपानको समस्याका कारण युरिक एसिडको समस्याबाट धेरै जना पीडित हुने गर्छन् । शरीरमा युरिक एसिड बढ्दै गयो भने थुप्रै किसिमका स्वास्थ्य समस्या यसैको साइडइफेक्टको रुपमा उत्पन्न हुने गर्छ । जसमा घुँडामा हुने समस्या, जोर्नीको दुखाइ आदि समस्या समाधानको लागि असल खानपान शैली अंगीकार गर्नुपर्ने हुन्छ ।
शरीरमा युरिक एसिड बढेको समस्या
बिनाकारण बढ्न सक्छ युरिक एसिड
युुरिक एसिड बढ्ने प्रमुख कारण भनेको शरीरमा एसिडको मात्रा बढाउने तत्वहरुको प्रभाव हो । किड्नी खराब हुने कारणले शरीरमा फिल्टरेसनको प्रक्रिया कम हुने गर्छ । त्यसपछि शरीरमा रहेको युरिया युरिक एसिडमा बदलिने गर्छ । यो युरिक एसिड हड्डीहरुको बीचमा प्रवेश गर्छ जसले दुखाइ बढाउने गर्छ ।
युरिक एसिड बढ्नुको प्रमुख लक्षण
धेरैभन्दा धेरै अवस्थामा युरिक एसिडको दुखाइ एसिडहरुकै कारण हुने गरेको छ । उच्च युरिक एसिडको समस्याबाट पाचनतन्त्र कमजोर हुने गर्छ । यसका अतिरिक्त जोर्नीहरूमा निरन्तर दुखाइ हुनु, खासगरी घुँडामा हुने समस्या यसको मुख्य लक्षण हो ।
यसबाट बच्न कस्तो व्यवहार अपनाउने ?
हाइ युरिक एसिड (हाइपरसेमिया) लाई कम गर्न आइरन र प्रोटिनको मात्रा सीमित गर्नुपर्छ । यदि यो अधिक मात्रामा रह्यो युरिक एसिडको समस्या बढ्दै जान्छ । यसका साथै युरिक एसिडको समस्या भएका व्यक्तिहरूले दूध, दही जस्ता दुग्ध पदार्थको सेवन कम गर्नुपर्छ ।
यी आयुर्वेदिक उपायहरू युरिक एसिड नियन्त्रणमा प्रभावकारी हुन्छ
सामान्यतया युरिक एसिडलाई नियन्त्रण गर्नको लागि पहिले घरेलु औषधिको प्रयोग गर्न सकिन्छ । यस्तो केही घरेलु उपायहरु हुन्छन् जसले युरिक एसिडको लेबल कन्ट्रोल गर्न सकिन्छ ।
–कागतीको सेवा युरिक एसिड नियन्त्रण गर्नको लागि अचुक औषधि हो ।
–बेकिङ सोडामा पनि युरिक एसिड नियन्त्रण गर्ने क्षमता रहन्छ
–एप्पल साइडको बिनेगरमा पनि युरिक एसिड विरुद्ध लड्ने क्षमता पाइन्छ ।
प्रतिक्रिया दिनुहोस