२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

लयमा फर्कदै तातोपानी नाका, अलपत्र सामान ल्याइदैँ

  • २०७७ मंसिर १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • मंसिर १३, २०७७

    तातोपानी । चीनसँगको प्रमुख व्यापारीक नाका तातोपानीबाट आयात सहज हुँदै गएको छ । पहिलोपटक सामान सहितको ४० फिट लामो कन्टेनर नेपाल प्रवेश सुरु गरेपछि आयातमा केहि सहजता छ । बुधबार पहिलोपटक नाकाबाट तीन वटा कन्टेनर यान्त्रीक सामान र रेडीमेड कपडा बोकेर नेपाल प्रवेश गरेको हो ।

    यसअघिसम्म नाकाबाट २० फिट लामो नेपाली कन्टेनर मात्रै प्रवेश गर्दै आइरहेका थिए । यसरी साना कन्टेनरमा सामाग्री आयात गर्दा लागत पनि वढ्ने र धेरै समय पनि लाग्ने गरेको थियो । साना कन्टेनर लामो समय लगाएर नेपाल प्रवेश गर्दा सामाग्रीको गुणस्तर समेत कायम हुन सकेको थिएन ।

    तर, अब नाकाबाट सो कन्टेनरमा सामाग्री भित्रदा व्यापारीदेखि उपभोक्तासम्म आइपुग्दा सामानको लागत घट्ने सामाग्री आयातकर्ता शिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए । नाकाबाट भन्सार प्रकृया सकेर लामो कन्टेनर सिधै काठमाण्डौ लैजादा छोटै समयमा सामाग्री उपभोक्तासम्म पुग्ने र त्यसको गुणस्तर समेत कायम हुने उनले बताए ।

    समान आयातको लागि ट्रान्सपोर्टले ४० वटा लामो कन्टेनर तयारी अवस्थामा राखेको छ । चीनको खासा सहित नेलम र ल्हासामा समेत गरी नेपाली व्यापारीले खरिद गरेका ५ सय कन्टेनरभन्दा धेरै सामान अझै अलपत्र छन् । अब लामा कन्टेनरबाट नियमीत सामाग्री आयात गर्दा बीस दिनसम्ममा ती सबै सामाग्री नेपाल आइसक्ने अध्यक्ष शेर्पाले बताए । अहिलेसम्म नयाँ सामाग्रीको अर्डन नलिएकोमा अबको एकहप्ता भित्रै नयाँ सामाग्री खरिदको प्रकृया पनि शुरु गरिने उनले बताए ।

    बुधबार रिबन काटेर रातो कार्पेटमा स्वागत गरिएको तीनवटा लामो कन्टेनर तातोपानी भन्सार यार्डमा प्रवेश गरेका थिए । सो कन्टेनर प्रवेश गराउन शिल्क ट्रान्सपोर्टले अत्यन्तै मेहेनत गरेको र सो पुरा समेत भएको तातापानी भन्सार कार्यालयका भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

    अब यस्ता लामो कन्टेनरबाट सामाग्री आयात हुँदा भन्सारको राजश्व संकलन दरमा वृद्धि हुने र दुई देशविचको व्यापार सम्बन्धको समेत विकास हुने बताए । पछिल्लो समय नाका नियमीत सञ्चालन भइरहेकोले नेपाली व्यापारीको खासामा रहेको सामान केही दिनमा नै नेपाल प्रवेश गरिसक्ने र त्यसपछि नयाँ सामान समेत खरिद गर्न सकिने उनले बताए ।

    नाकादेखि काठमाडौंसम्म पुग्ने अरनिको राजमार्गमा लामो कन्टेनर चल्न थालेपनि सडकको अवस्था भने दयनीय नै छ । जिर्ण सडकमा लामो मालवहाक कन्टेनर चलाउदा दुर्घटनाको जोखिम भने झनै बढेको छ । जिर्ण सडकमा उच्च भारका सवारी चलाउनु पुर्व सडक स्तरोन्नती गर्न सरोकारवला निकायको ध्यान जान जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस