मंसिर ११, २०७७
चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकामा चौरी पाल्नका लागि ३३ लाख अनुदान प्राप्त भएको हो । एसिया नेपाल तथा साङ्गदाङ्ग सेवा समाजको सहयोगमा भोटेकोशीमा चौरी पाल्न अनुदान सहयोग भएको हो ।
छगाम र बगामका कृषकहरुले चौरी पालनका लागि अनुदान पाएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। सामाजिक संस्थालाई चौरी पालनका लागि सहयोग गर्न
पालिकाले समन्वय गरेका उनले बताए ।
स्थानीयले ३३ लाखमा ६० वटा चौरी अनुदानमा पाउने र ती चौरीको बिमा र औषधी उपचारको जिम्मा गाउँपालिकाले गर्ने उनले जनाए।
प्रतिक्रिया दिनुहोस