मंसिर ११, २०७७
मेलम्ची । नगरपालिकामा सेवा लिन आउने सेवा ग्राहिलाइ सम्मानपूर्व सेवा दिनको लागि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले निर्देशन दिएका छन्। लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ बुधबारबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै नगरप्रमुख अर्यालले यस्तो निर्देशन दिएका हुन्।
सबै नागरिक समान भएकाले कसैलाइ पनि अपमान गर्न नहुने उनले बताए। सेवाग्राहिले छिटो र सहज हिसाबले काम खोजिरहेको हुनाले कर्मचारी साथिहरुले त्यो सेवा दिन सक्न उनले जनाए।
महिला मात्र हिंसामा नपर्ने भन्दै पुरुष पनि हिंसामा पर्न थालेको हुनाले हिंसाको अन्त्य हुन जरुरी रहेको नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताइन्।
कुटपिट गरेको मात्र हिंसा नभएको भन्दै उपप्रमुख नेपालले ब्यक्तिगत रुपमा कोहि कसैलाइ आक्षेप लगाउन नहुने समेत बताइन्।
प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंसिर १० गतेदेखि मंसिर २५ गते) सम्म मनाइने अभियान मेलम्ची नगरपालिकामा पनि मनाउन लागिएको छ।
प्रतिक्रिया दिनुहोस