मंसिर १०, २०७७
हेलम्बु । पर्यटकीय एवम् धार्मीक महत्व बोकेको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका धर्मचत्र पर्खालले घेरीन थालेको छ । हिमालयन ट्रेल नाम दिइएको सो पर्खालले गाँउपालीकाको सबै वडा र सबैजसो धार्मीक तथा पर्यटकीय महत्वका स्थान घेरीने भएकोले पनि यसलाई गाँउपालिकाले विशेष दीर्घकालिन महत्वको योजनाको रुपमा निर्माण गरिहेको छ ।
६० किलोमिटर लम्बाइमा निर्माण हुने पदमार्गको पहिलो चरणमा नमुनाको रुपमा घोप्टेघ्याङ, शेर्माथान र नागीडाँडा सहित तीन ठाँउबाट करिब तीन सय मिटर निर्माण सम्पन्न गरिसकीएको छ । त्यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट गरी एक करोड खर्च भएको छ ।
साढे तीन अर्ब लागत अनुमान गरियको यो पर्खालको लागि यो वर्ष पनि स्थानीय, प्रदेश र संघीय सरकारबाट गरी दुइ करोड भन्दा वढी रकम खर्च हुनेछ । यो ट्रेल निर्माण भैसकेपनि आन्तरिक एवंम् बाह्य पर्यटकहरु यहाँ आउने र यसबाट गाउँपालिकाको आन्तरिक आय बढ्नुको साथै स्थानियको जिवनस्त सुधारमा समेत मद्यत पुग्ने अपेक्षा स्थानीयहरुले गरेका छन् । यो ग्रेट ट्रेल निर्माणले आफुहरुलाई धेरै खुसी लागेको पनि उनीहरको भनाइ छ ।
ग्रेट ट्रेल हुँदै रसुवाको गोसाइकुण्ड समेत पुग्न सकिन्छ भने काठमाण्डौको माउण्टेन फ्लाइटबाट देखिने मध्ये ८० प्रतिशत हिमाल यो ग्रेट ट्रेलबाट देख्न सकिने हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउछन् ।
काठमाडौबाट करिब ५० किलोमिटरको छोटो दुरीको पर्यटकिय क्षेत्र भएकाले निर्माण सम्पन्न भैसकेपछि वार्षीक १५ लाख भन्दा वढी पर्यटकले यसको अवलोकन गर्ने उनको आँकलन छ । चिनको ग्रेटवाल पछिको संसारकै दोस्रो लामो वाल भएकाले यसले नेपालको पहिचान र पर्यटन प्रवर्धनमा टेवा पु¥याउने अध्यक्ष शेर्पाले बताए ।
यो ट्रेल निर्माणको अर्को महत्वपुर्ण पक्ष भनेको स्थानीय सामाग्रीको प्रयोग पनि हो । यो पर्खाल लगाउन सिमेन्ट र त्यसको ढुवानी बाहेक सवै सामग्री स्थानीय स्तरका नै प्रयोग गरिएका छन् भने जनशक्ति पनि स्थानीय नै प्रयोग गरिएको हेलम्बु गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष सुकलाल तामाङले बताए । स्थानीय हस्तकलाको पैयोग गर्दै स्थानीय स्तरकै ढुङ्गा कुँदेर पर्खाल बनाइएकोले यो आयोजनाको धेरै लाभ हेलम्बु गाँउपालिकाका स्थानीयले प्राप्त गरेको उनको भनाइ छ ।
केही समय अगाडी विश्व सुन्दरी टोनी एन–सिंहले समेत अवलोकन गरेको कारण यसको अन्तराष्ट्रिय स्तरमा समेत प्रचार भएको थियो । गाँउपालिकाले सहयोग गर्न चाहने व्यक्ति तथा निजी क्षेत्रलाई आप्mनो नाम नै अंकीत हुनेगरी निर्माणमा सहयोग गर्न आह्वान गरेको छ । यो ट्रेल निर्माण सम्पन्न भएमा यसले हेलम्बु क्षेत्र र सिन्धुपाल्चोकको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पु¥याउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस