२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

हरेक दिन तातोपानीको सेवनले बगाउँछ यस्ता रोग

  • २०७७ मंसिर ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • मंसिर ७, २०७७

    एजेन्सी : थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ ।

    चिसो, रुघाखोकी

    जाडो मौसममा चिसो लाग्नबाट बच्न र रुघाखोकीबाट बच्नका लागि तातोपानीको सेवन गर्नुपर्छ । तातोपानीको सेवले घाँटीमा हुने विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ ।

    तौल कम गर्न

    तौल बढिरहेको छ र त्यसलाई सन्तुलनमा राख्न तातोपानीको सेवन गर्न सकिन्छ । तातोपानीमा कागती र महको रस मिसाएर सेवन गर्ने गर्नाले तौल सन्तुलन हुन्छ । बिहान हरेक दिन एक गिलास तातोपानी पिउने गर्दा तौल कम हुन्छ ।

    छाला
    हरेक दिन तातोपानी पिउँदा छालामा निखार ल्याउँछ । छालामा चमक बढाउन र छाला सुन्दर देखाउनका लागि दैनिक तातोपानीको सेवन गर्नुपर्छ ।

    कपाल
    जसको कपाल झर्ने समस्या छ त्यस्ता व्यक्तिले तातोपानीको सेवन गर्नुपर्छ । दैनिक रुपमा तातोपानी पिउँदा कपाल मजबुत हुने र झर्न कम हुन्छ ।

    पाचन प्रक्रिया
    हरेक दिन बिहान तातोपानी पिउने गर्दा पाचन पक्रिया बलियो हुन्छ । जसले गर्दा कब्जियतको समस्या हुँदैन । खाना खाएको ३० मिनेछपछि तातोपानी पिउँदा खाना राम्रोसँग पच्ने र पेट पनि स्वस्थ रहन्छ ।

    मांसपेशीको दुखाई
    तातोपानीको दैनिक सेवनले मांसपेशीको दुखाई कम हुन्छ । जाडो मौसममा शरीर दुख्ने समस्या हुन्छ भने यसको लागि दैनिक तातोपानी पिउने गर्नुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस