२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोरोनाले गौरती मेला नहुने, विधि मात्रै पुर्‍याइने

  • २०७७ मंसिर ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • मंसिर ५, २०७७
    चौताराः कोरोना भाइरसको महामारी फैलिदो क्रममा रहेकाले यसबर्ष सिन्धुपाल्चोक जिल्लाकै ठुलो गौरती भिमेश्वरको मेला नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले यस वर्ष मेला नगर्न आग्रह गरेपछि गौरती मन्दिर व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।

    मेला नहुने भएपछि श्रद्धालुहरूलाई मन्दिर नआउन समितिले आग्रह समेत गरेको छ । मेला अवधिभर मन्दिरमा कुनै बलि समेत नहुने भएको छ ।

    मेलालाई लक्षित गरि सो क्षेत्रमा निर्माण गरिने व्यापारीक स्टल नबनाउन समेत समितिले आग्रह गरेको छ । यसबर्ष मन्दिर क्षेत्रमा कुनै पनि व्यापारीक गतिविधि सञ्चालन हुने छैन । मन्दिरमा पहिलेदेखि नै हुँदै आएको मुल पुजा र गुठि पुजा भने सामान्य रुपमा मात्रै सञ्चालन गरिनेछ ।

    यस्तो छ विश्वास
    प्राचीन कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्थे। गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरूले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तर्ध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ। ‘गौ’ अर्थात गाईले राति दुध चढाएको कारण गौरती र भूमि खनेर  उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ।

    ऐतिहासिक कथन
    स्थानीय दलबहादुर कुँवर नाम गरेका व्यक्तिले सो मन्दिरमा वि. सं. १६४२ मा चढाएको ढलौटको घण्टाको आधारमा ४ सय ३१ वर्ष पहिलेदेखि पूजाआजा हुने गरेको तथ्य भेटिन्छ। मेलामा ५ हजार पशुपन्छीे बलि चढाउने प्रचलन छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस