२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

फुटको संघारमा नेकपा, ईश्वर पोखरेलको नेतृत्वमा पूर्वएमालेको भेला

  • २०७७ कार्तिक २४, सोमबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २४, २०७७

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आन्तरिक किचलोको कारणले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ। पार्टी फुटको संघारमा पुगेपछि उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा काठमाडौँमा पूर्वएमालेको गोप्य भेला बसेको छ।

    शनिबार भएको पूर्व एमालेको अनौपचारिक भेलालाई सम्बोधन गर्दै उनले पार्टी विभाजको अवस्थामा रहेको दर्शाए। उनले पार्टी गम्भीर संकटमा गएकाले आवश्यक रणनीति बनाएर अघि बढ्न आवश्यकता रहेको स्रोतले जनायो।

    भेलामा शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा बागमती प्रदेशका केही मन्त्री र काठमाडौंका नेता कार्यकर्ता सहभागी रहे।

    अनौपचारिक भेलामा उपप्रधामन्त्री पोखरेलले पार्टीमा गम्भीर संकट देखिए पनि ग्राउन्डमा राजनीतिक क्रियाकलाप अघि बढाइरहन निर्देशन दिएको नेकपा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले बताए। पोखरेलले पार्टी कार्यकर्ताहरुला जनताको बहुदलीय जनवादको पक्षमा बोल्न पनि आग्रह गरेका थिए।

    उक्त भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरहरु भने सहभागी नभएको बताइएको छ। केही दिनअघि मात्रै प्रधामन्त्री ओलीले आफूलाई घेराबन्दी गरिएको बताउँदै तयारी अवस्थामा रहन प्रदेश एकका नेता कार्यकर्तालाई भर्चुअल बैठकमा निर्देशन दिएका थिए। त्यो कुराको अध्यक्ष दाहालले कडा आपत्ति प्रकट गरेका थिए।

    प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग दुरी बढेपछि पूर्व एमाले एक भएर अघि बढ्नुपर्ने भन्दै नेता नेपाललाई आफू निकट तान्ने प्रयत्न गरिरहेका छन्। तर, नेता नेपालले प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि प्रश्न उठाउदै यही अवस्थामा कुनै सहकार्य गर्न नसक्ने जवाफ दिइसकेका छन्।

    ओलीले आइतबार पनि नेता नेपाललाई बालुवाटारमा बोलाएर पूर्व एमालेहरु एक भएर जाने प्रस्ताव गरेको थिए। तर, नेता नेपालले सहमति जनाएनन्।

    ओलीले पूर्व एमालेहरुलाई एक गराउनका लागि पुराना नेता प्रदिप नेपाललाई समेत गुहारिसकेका छन्। आफू निकटका नेताहरुलाई नेता नेपाल निवास गोठाटार पठाएर बरिष्ठ नेता नेपाललाई फर्काउन प्रयास गरिदिनुपर्ने प्रस्ताव गरेका थिए। तर, प्रधानमन्त्री ओलीको कार्यशैलीको कारणले सफल नभएको जवाफ उनले पनि फर्काएका थिए।

    पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली घेराबन्दीमा परेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस