कात्तिक २३, २०७७
चौतारा : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको जोखिम बढेपछि स्थानीय तहअनुसार आलोपालो सेवा दिने भएको छ। कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि सजकता अपनाउन प्रशासनले यस्तो प्रक्रिया अवलम्बन गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले आइतबार एक सुचना जारी गर्दै स्थानीय तहअनुसार आलोपालो सेवा उपलब्ध हुने बताएका छन्। जारी गरेको सुचना अनुसार सोमबारबाट प्रशासनको सेवा आलोपालो गरि हुने बताइएको छ।
कुन पालिकाको कहिले ?
आइताबार : चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिका
सोमबार : मेलम्ची नगरपालिका र बलेफी गाँउपालिका,
मंगलबारः बाह्रविसे नगरपालिका र हेलम्बु गाँउपालिका,
बुधबार : त्रिपुरासून्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिका,
बिहिबार : भोटेकोसी गाँउपालिका र पाँचपोखरी गाँउपालिका
शुक्रबार : सुनकोसी गाँउपालिका र इन्द्रावती गाँउपालिकाका
प्रतिक्रिया दिनुहोस