कात्तिक २१, २०७७
चौतारा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य माधव सापकोटा सुवोधलाई कोरोना संक्रमण भएको छ। सापकोटा परिवारको तीन जनामै कोरोना संक्रमण भएको हो।
उनले सामाजिक सञ्जाल फेशबुकमार्फत् आफ्नो परिवारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन्। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेको बताएका छन्। साथै, परिवारको सबै सदस्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
‘विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाइरसको संक्रमणबाट सजकता अपनाउदा अपनाउदै हाम्रो परिवारको ३ जनाको स्वाब दिएकोमा तिनै जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ’ उनले भनेका छन्, ‘पछिल्लो समय हाम्रो परिवारको सम्पर्कमा आउनुहुने सम्पुर्णमा स्वास्थ्य सतर्कता अपनाउनु हुन अनुरोध छ। हामी सवैको स्वास्थ्य अवस्था सामान्य छ।’
प्रतिक्रिया दिनुहोस