कात्तिक १९, २०७७
चौतारा : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप ३० संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिए।
यो मृत्युदर अहिलेसम्मकै उच्च रहेको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ। बुधबार देशभर पछिल्लो २४ घन्टायता ३ हजार ३ सय ९ जना कोरोना कोभिड १९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४४ पिसिआर परीक्षण गरिएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो एक दिनमा ३८ सय ४४ जनाले कोरोनालाई जितेको जानकारी दिए।
नेपालमा पहिलो पटक गत जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएकी थिइन्। नेपालमा २०७६ माघदेखि नेपालमा कोरोना फैलिएको हो।
प्रतिक्रिया दिनुहोस