कात्तिक १८, २०७७
चौतारा : सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित ५ सय ६१ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ५ सय ६१ पुगेको हो।
स्वास्थ्य कार्यालयको अनुसार संक्रमितमध्ये हालसम्म ३ सय २९ जनाले कोरोना जितेर घर फर्किसकेको र २ सय २० जना विभिन्न आइसोलेसनमा रहेको जनाएको छ। संक्रमितमध्ये १९ जना स्वास्थ्य कर्मी र ३८ जना सुरक्षाकर्मी रहेको स्जास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या पनि १२ पुगिसकेको छ। कोरोनाबाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोकका बाह्रविसेमा भएको थियो।
सिन्धुपाल्चोकमा हाल ७ सय ५४ क्वारेन्टाइन बेड र १३१ आइसोलेसन बेड तयारी अवस्थामा रहेको समेत जनाएको छ।
प्रतिक्रिया दिनुहोस