कात्तिक १७, २०७७
चौतारा : मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरु कोरोना जितेपछि स्वास्थ्य केन्द्रको सबै सेवा सञ्चालनमा आएको छ। कर्मचारी कोरोना संक्रमित भएपछि स्वास्थ्य केन्द्रको आकस्मिक सेवाबाहेक सबै सेवाहरु बन्द गरेको थियो।
कर्मचारीले कोरोना जितिसकेपछि सबै सेवा पहिलेकै अवस्थामा सुचारु गरेका स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर विनोद केसीले जानकारी दिए। आँखा केन्द्रका एक, स्वास्थ केन्द्रका दुई र एम्बुलेन्स चालकसमेत चार जना कोरोना संक्रमित भएका थिए।
कर्मचारीहरुमा कोरोना संक्रमण देखिदा पनि आफुहरुले स्वास्थ्य मापदण्ड अपनाएर आकस्मिक सेवालाई निरन्तरता दिएको थियौँ उनले भने, अब झन सबै कोरोनामुक्त भएका छौं, निर्धक्क भएर स्वास्थ सेवा लिन आउनुहोस्।
केन्द्रका कर्मचारी कोरोना संक्रमित भएपछि पहिलाको भन्दा सेवा लिने बिरामीको संख्या घटेको उनले बताए। डाक्टर केसीले दीर्घ रोगी, सुत्केरी सेवा लगायत सम्पुर्ण स्वास्थ सेवा संचालनमा रहेको बताए।
उनले स्वास्थ्य केन्द्रमा आउदा सरकारले तोकेको मापदण्ड अपनाएर आउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस