२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

हेलम्बुले भन्यो : कोरोना समुदायस्तरमा फैलन सक्छ, विद्यालय नखोल्नू

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १७, २०७७

    हेलम्बु : हेलम्बु गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालनमा नल्याउन निर्देशन दिएको छ। कोरोनाको जोखिम बढेसँगै समुदायस्तरमा कोरोना फैलनसक्ने भन्दै पालिकाले यस्तो निर्देशन दिएको हो।

    पालिकाले प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाल आइतबार एक सुचना जारी गर्दै पालिकाभरका विद्यालय तल्कालै सञ्चालनमा नल्याउन भनेका छन्।

    ‘महामारीको रुपमा फैलिएको कोरोना विद्यालयको शिक्षकमा समेत देखिएको यस बिषम परिस्थितीमा विद्यालय सञ्चालन गर्दा कोरोना संक्रमण समुदायस्तरसम्म फैलिन सक्छ’ जारी सुचनामा भनिएको छ, ‘यस पालिका क्षेत्रभित्र रहेको विद्यालयहरुले अर्को सुचना जारी नभएसम्म कुनै किसिमको शैक्षिक कार्यक्रमहरु सञ्चालन नगर्न नगराउनहुन यसै सुचनामार्फत जानकारी गराइन्छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस