कात्तिक १६, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लाको ४ वटा स्थानीय तह कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा परेको छ।
दशैँमा बढेको चहलपहल कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा सिन्धुपाल्चोकको ४ स्थानीय तह कोरोनाको उच्च जोखिमको सुचिमा परेको हो।
सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ ।
कोरोनाको अत्यन्तै उच्च जोखिम क्षेत्रमा सिन्धुपाल्चोकको लिसंखुपाखर, बलेफि गाउँपालिका र मेलम्ची नगरपालिका परेका छन्। यस्तै जोखिमको क्षेत्रमा हेलम्बु गाउँपालिका परेकाेे छ। सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस