२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पूर्ण स्वास्थ्य मापदण्डसहित तातोपानी नाका पुनः सञ्चालन (फोटो फिचर)

  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १६, २०७७

    तातोपानी : पटकपटक बन्द हुदैँ खुल्दै गरेको नेपाल–चीन बिचको उत्तरी नाका तातोपानीबाट स्वास्थ्य मापदण्डसहित पुनः सामान आयात हुन थालेको छ । कोरोना महामारी र बाढी पहिरोको कारण पटकपटक बन्द भएको नाका गत बिहीवारबाट सामान आयात हुन थालेको हो ।

    भूकम्पपछि लामो समय बन्द भएर खुलेको केही समयमा नै जम्बु बाढीका कारण पुनः बन्द भएको थियो । पछिल्लो पटक गत असोज १८ गतेबाट सञ्चालन भएको नाका नेपाली श्रमिकमा कोरोना संक्रमण देखिए पछि भोलीपल्ट पुनःबन्द भएको थियो । बन्द रहेको नेपाल–चीन उत्तरी नाकाबाट बिहीबार चीनियाँ सामान नेपाल भित्रीएको हो । कोरोना महामारीबाट फैलिएको त्रासलाइ कम गर्दै नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ व्यापारीले अलपत्र परेको नेपाली व्यवसायीहरुको सामान नेपाल पठाउन थालेका हुन् ।

    अहिले नेपाल तर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान छोड्न आउने गरेको छ । तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार नाकामा नयाँ मोडालिटीबाट सामान आयात भइरहेको छ ।
    श्रमीकहरुलाई स्वास्थ्य मापदण्ड सहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने गरिएको छ । प्रमुख खत्रीले अब नाका निरन्तर संचालनमा आउनेमा कुनै दुबिधा बताए । नाकाबाट पहिलो चरणमा स्याउ, रेडिमेट कपडा लगाएतको सामग्री आयात भइरहेको उनले जनाए ।

    अहिले नेपाली कन्टेनर मितेरी पुल पारी नगइ चीनियाँ गाडी नै मितेरी पुलवारीसम्म आउने गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन दुवै पक्षबाट सजगताको लागि नयाँ मोडालिटी तयार गरिएको छ । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने गरेको छ ।

    लामो समय नाका सञ्चालन नहुँदा स्याउ लगाएतका खाद्य सामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए । आफुहरुको स्याउ तीन लटसम्म कुहिएको व्यापारीविजय शेर्पाले बताए । ‘अब भने नाका निरन्तर खुल्नुपर्छ । नाका सञ्चालनामा आँउदा स्थानीय बासिन्दालाई समेत रोजगारीको अवसर सृजना हुने भएकोले नाका निरन्तर खुलाउनुपर्छ’ उनले भने ।

    सामान लोड गर्ने नेपाली श्रमीकलाई क्वारेन्टाइनमा राख्ने गरीएको र हरेक १४ दिनमा पीसीआर समेत परिक्षण गर्ने र हरेक दिन तापक्रम परिक्षण गर्ने गरिएको छ ।
    सामान ओसारपसार गर्दा आफुहरु स्वास्थ्यमा सचेत भई काम गर्ने गरेको सवारी चालकहरु बताउछन् ।

    अहिले दैनिक चारदेखि छ वटा नेपाली कन्टेनर बराबरको सामान आयात भइरहेको छ । कोरोना संक्रमण हन नदिन सवारी साधनलाई निर्मलीकरण गरेर मात्रै प्रवेस गराइने गरिएको छ । नेपाली गाडी र चालक चीनियाँ क्षेत्रमा प्रवेश गर्नु नपर्नेभएका कारण आफुहरुमा संक्रमणको जोखीम भने नभएको एक चालकले बताए ।

    लामो रस्साकस्सीपछि खुलेको तातोपानी नाका अब भने निरन्तर खुल्नु जरुरी छ । नाका निरन्तर सञ्चालन भएमा व्यापारी, यातायात व्यवसायी र श्रमीकलाई समेत टेवा पुग्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस