२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

विद्यार्थीलाई नजिकको केन्द्र र ‘होम सेन्टर’मा कक्षा १२ को परिक्षा

  • २०७७ कार्तिक १५, शनिबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १५, २०७७
    काठमाडौँः कोरोना भाइरसको महामारीको बीचमा हुन लागेको कक्षा १२ को परिक्षा विद्यार्थीको नजिकको वा होम सेन्टरमा हुने भएको छ। कोरोनाको जोखिम अझै कामयै रहेकाले सरकारले यस्तो निर्णय गरेको हो।

    परिक्षामा चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नको लागि यस्तो गर्नुपर्ने सुझाव दिइएको छ ।

    कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ।

    राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र्र र होम सेन्टर दिइएको छ ।

    यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ ।

    ४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षा हलमा रहनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस