कात्तिक १४, २०७७
चौतारा : जिल्ला प्रशासनन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट नियमित रुपमा सेवा सञ्चालन हुने जनाएको छ। प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सुनिता पहरीले एक सुचना जारी गर्दै सम्पूर्ण सेवा सञ्चालनमा आउने जानकारी गराएकी हुन्।
‘विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले यस कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएकोमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै आइतबारबाट यस कार्यालयबाट हुने सम्पूर्ण सेवा सुचारु हुुने जानकारी गराइन्छ’, जारी सुचनामा भनिएको छ, ‘सेवा लिन आउदा सेवाग्राहीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आउन समेत अनुरोध छ।’
दशैँअघि कर्मचारीको परिवारमा कोरोना देखिएपछि अत्यावश्यकबाहेक अन्य सेवा सुविधा बन्द गराएको थियो।
प्रतिक्रिया दिनुहोस