२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बागमती प्रदेशको कोरोना नियन्त्रणमा ४८ करोड खर्च

  • २०७७ कार्तिक १२, बुधबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १२, २०७७
    चौताराः वागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको जनाएको छ। जसमध्ये १३ करोड ६७ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च गर्न स्थानीय तहहरुलाई निकासा गरिएको गरेको छ।

    त्यसमध्ये बाँकी ३४ करोड ६१ लाख रुपैयाँ प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत् विभिन्न शीर्षकमा खर्च गरिएको जनाएको छ।

    गत असार मसान्तसम्ममा कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १८ करोड ८० लाख रुपैयाँ खर्च भएकोमा साउनयता ३ महिनाको अवधिमा थप १५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्थानीय तहहरुलाई निकासा गरिएको १३ करोड ६७ लाख रुपैयाँको खर्चको अवस्थाबारे भने रिपोर्ट आइसकेको छैन ।

    प्रदेशले महानगरपालिकालाई ६० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १२ लाख, गाउँपालिकालाई ८ लाख र जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ लाखका दरले रकम निकासा गरेको थियो ।

    प्रदेशको मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका योजना महाशाखाका अधिकृत रमेश सुवेदीका अनुसार प्रदेश सरकारले ४० लाख रुपैयाँ हालेर सुरु गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोष खडा गरेको थियो । उक्त कोषमा ४४ करोड ४० लाख रुपैयाँ जम्मा भएकोमा सोही कोषबाट मात्र २९ करोड ४८ लाख रुपैयाँ खर्च भएको हो ।

    कोरोना कोषमा विभिन्न निकायका पदाधिकारी र कर्मचारीले गरी २ करोड २२ लाख ४३ हजार र बैंक तथा संघसंस्थाबाट १ करोड ९७ लाख २ हजार रुपैयाँ जम्मा भएको थियो । अब कोरोना कोषमा १४ करोड ९३ लाख २४ हजार रुपैयाँ मात्र बाँकी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस