कात्तिक ९, २०७७
एजेन्सीः क्यामरुनस्थित एक विद्यालयमा बन्दुकधारीको आक्रमणमा परी ८ विद्यार्थीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो भएको सो आक्रमणमा दर्जनौँ विद्यार्थी घाइते भएका छन्।
आक्रमणमा परी घाइते भएका विद्यार्थीको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।
शनिबार दिउँसो मोटरसाइकलमा आएका बन्दुकधारीले मदर फ्रान्सिस्का इन्टरनेशनल बाइलिङ्गअल एकेडेमीमा आक्रमण गरेका थिए। उनीहरू सर्वसाधारणको भेषमा आएका प्रत्यक्षदर्शीले बताएका छन्।
आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिएको बताइएको छ। आक्रमणलाई लकडाउनपछि पुनः विद्यालय खुलेपछिको सबभन्दा कुकृत्य भएको संयुक्त राष्ट्रसंघ बताएको छ।
आक्रमण सरकार र पश्चिम क्षेत्रमा सक्रिय सशस्त्र समूहबीचको संघर्षसँग सम्बन्ध हुन सक्ने आशंका गरिएको छ।
प्रतिक्रिया दिनुहोस