कात्तिक १, २०७७
एजेन्सी: विश्व समुदायको पर्खाइ र मागको एक मात्र विषय हो– कोरोनाविरुद्धको खोप । यसकालागि विश्वका बिभिन्न मुलुकका वैज्ञानिकहरु अहोरात्र लागिपरेका छन ।
तर यसबीचमा रुसले निकै आश्चर्यजनक प्रगति गरेको छ । विश्वमै पहिलो पटक भनेर दावी गर्दै कोरोनाविरुद्धको खोप बनाएको रुसले तीन दिन अधि अर्थात १४ अक्टोबरमा दोस्रो खोप ‘इपिभेककोरोना’ लाई मान्यता प्रदान गरेको थियो ।
यसअघि १२ अगस्तमा तेस्रो चरणको परीक्षण पुरा हुनु अगावै ‘स्पुतनिक भी’ लाई औपचारिक रुपमा मान्यता दिएको थियो । अहिले रुसले कोरोनाविरुद्धको तेस्रो खोप विकास गरेको दावी गरेको छ ।
रुसले दावी गरेको यो तेस्रो खोप चुमाकोभ सेन्टर अफ रसियन एकेडेमी अफ साइन्सेजले बनाएको हो । यही बर्षको डिसेम्बरसम्म सरकारी मान्यता पाउने आसा गरिएको छ ।
अहिले यो खोपको पहिलो चरणको परीक्षण सम्पन्न भैसकेको छ भने दोस्रो चरणको परीक्षण गर्ने क्रममा छ ।
अन्तराष्ट्रि सञ्चार माध्यमका अनुसार ६ अक्टोबरमा भएको पहिलो चरणको परीक्षणमा १५ जना स्वयंसेवकहरुलाई यो खोप दिइएको थियो ।
उनीहरुमा कुनै कुनै पनि खराब असर देखिएन । त्यस्तै १९ अक्टोबरमा हुने दोस्रो चरणको परीक्षणमा २८५ जना स्वयंसेवकहरुलाई सहभागी गराइने छ ।
रुसमा बनेको यो तेस्रो खोपको क्लिनिकल ट्रायल डिसेम्बरसम्ममा पुरा हुने आसा गरिएको छ । सबैभन्दा आश्चर्यजनक विषय के हो भने, यसअघिका दुवै खोपलाई रुसले ठूलो परिमाणमा परीक्षण नगरिकनै सार्वजनिक प्रयोगको अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस