असोज ३०, २०७७
चौताराः मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु भोलीबाट कात्र्तिक ६ गतेसम्म बन्द हुने भएको छ। बिहिबार बसेको नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागिय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
जनप्रतिनिधि एवम् कर्मचारीहरु कन्ट्राक ट्रेसिङमा रहेको र समुदायमा कोरोना संक्रमण फैलिदै गएको पाईएकाले मेलम्ची पालिकाको सेवा बन्द गरिएको मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले जानकारी दिए।
पालिकाबाट मात्रै नभएर वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको उनले बताए।
जनप्रतिनिधि एवम् कर्मचारीहरु संक्रमित तथा कन्ट्राक ट्रेसिङमा रहेकाले वडा नं १ र ३ बाट प्रवाह गरिने सबै सेवाहरु बिहिबारदेखिदेखि कात्तिक ३ गतेसम्म पूर्ण रुपमा बन्द गरिने भएको छ।
प्रतिक्रिया दिनुहोस