असोज २९, २०७७
चौताराः नेपामा कोरोना भाइरसका थप तीन हजार ७४९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ३७ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८२५ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ।
यस्तै, कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस