२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

‘सन् २०२२ अघि कोरोना संक्रमणबाट सामान्य अवस्थामा आउन सकिँदैन’

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज २८, २०७७
    बीबीसीः २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना भाइरसको संक्रमण केही महिनाअघि कम हुँदै गएको बताइए पनि पछिल्लो समय फेरि संक्रमण तीव्ररुपमा फैलिन थालेको छ । बेलायत र युरोपेली मुलुकहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।

    विभिन्‍न मुलुकमा फेरि कडा प्रतिबन्धात्मक नियमहरु लागु गर्न थालिएको छ । बेलायतका खोप कार्यदलका प्रमुखले बीबीसी रेडिय ५ सँग कुराकानी गर्दै सन् २०२१ को अन्तिभन्दा अघि जीवन सामान्य अवस्थामा फर्किन नसकिने बताएकी छन् ।

    खोप कार्यदलका प्रमुख केट बिनगामले तर, अहिले बेलायत लकडाउनको अवस्थामा भन्दा अहिले सामान्य अवस्थाको नजिक भएको बताएकी छन् ।

    ‘विश्‍वमा सबैभन्दा चाँडो भन्‍ने कोरोनाविरुद्धको खोप सम्भवतः यस वर्षको अन्तिमसम्ममा उपलब्ध हुनसक्छ । तर, उक्त खोप सबैभन्दा पहिले सबैभन्दा बढी जोखिम भएका समूहलाई दिइने छ । त्यसपछि मात्रै समग्र जनसंख्यालाई यो खोप लगाइने छ’ उनले भनिन् ।

    उनले यस खोपले पनि मानिसहरुलाई सधैंभर सुरक्षित गर्न नसक्ने बताएकी छन् । उनले भनिन्, ‘एकचोटी खोप लगाउँदैमा सधैभरका लागि हुन्छ भन्‍ने छैन । बाराम्बार मानिसहरुलाई खोप दिइरहनुपर्छ ।’ उनले खोप विकास गर्ने दौडमा यसको सुरक्षाको पाटोसँग सम्झौता गर्न नसकिनेसमेत बताएकी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस