२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

प्रशासन कार्यालयले भन्यो : अत्यावश्यक कामको लागि मात्रै आउनू

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज २८, २०७७
    चौताराः जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवाग्राहीलाई अत्यावश्यक कामको लागि मात्रै आउन आग्रह गरेको छ। प्रशासन कार्यालयको कर्मचारीलाई समेत कोरोना संक्रमण भएको कारणले अत्यावश्यक कामको लागि मात्रै आउन आग्रह गरेको हो।

    जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत सुनिता पहरीले मंगलबार एक सुचना जारी गर्दै सेवाग्राहीलाई अत्यावश्यक कामको लागि मात्रै आउन भनेकी छन्।

    ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण यस कार्यालयका केही कर्मचारीमा समेत पुष्टि भएकाले बुधबारबाट सिमित कर्मचारीबाट सञ्चालन हुने भएकाले सेवाग्राहीलाई अत्यावश्यक सेवाका लागि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौँ’, सुचनामा भनिएको छ, ‘कोभिड १९ को संक्रमण फैलन नदिन सहयोगको अपेक्षा गर्दै सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौँ।’

    कर्मचारीको परिवारमा कोरोना देखिएपछि यही २२ गतेबाट प्रशासनको सेवा बन्द छ। जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी र लेखापाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    केही समयअघि जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पत्नीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएकामा आज उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

    सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ । सिन्धुपाल्चोकमा हालसम्म कोरोनाबाट ७ जनाको मृत्यु भइसकेको छ। नेपालका कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस