२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सार्वजनिक यातायातमा पुरानै भाडादर, अब सबै सिटमा यात्रु बोक्न पाउने

  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज २७, २०७७
    चौताराः सरकारले सार्वजनिक सवारीमा पुरानै भाडादर कायम गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायातमा पुरानै दरमा भाडादर कायम गरेको हो।

    अब सवारी साधनले सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो।

    अब दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानै दरमा लिनुपर्ने निर्णय भएको उनले बताए।

    बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ। बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस